शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

बुधबार, जेठ २ २०८१
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आर्थिक सहयोग गरेको हो।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

'बालबालिकालाई शिक्षित गर्नुहोस्' कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो।

बुधबार काठमाडौं, धनगढी, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, जनकपुर, बुटवल र भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै बैंकले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको उक्त संस्थासँग मिलि एक कार्यक्रमका बिच विद्यार्थीहरुका लागि सहयोग प्रदान गरेको हो।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा जनाएको छ। 


प्रकाशित : बुधबार, जेठ २ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend