शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार ६६ अंकको वृद्धिपछि पुन: ओरालो लाग्यो सेयर बजार

बुधबार, जेठ २ २०८१
लगातार ६६ अंकको वृद्धिपछि पुन: ओरालो लाग्यो सेयर बजार

काठमाडौं- सेयर बजारमा यो साता लगातार तीन कारोबारको वृद्धिपछि बजार ओरालो लागेको छ।

गएको साताको अन्तिम कारोबारमा बिहीबार ५.६३ अंकले बढेपछि सेयर बजारमा यो साता यसअघिका तीन कारोबार नै बढेका थिए। समग्रमा ६६.९ अंकको वृद्धिपछि बजार घटेको हो। 

बुधबार ९.५४ अंकले घटेर बजार २०१७.९७ बिन्दुमा झरेको छ। ६५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। १७२ कम्पनीको सेयर मूल्य घटेको बजारमा ८ कम्पनीको मूल्यमा घटबढ भएको छैन। 

यो साता आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले र मंगलबार २८.६२ अंकले बढेको थियो। 

उतारचढावबीच ओरालो लागिरहेको सेयर बजारमा लगातार हरियाली देखिइरहँदा अहिले बजार घटेको छ। यो साता पहिलो कारोबारमा आइतबार सामान्य वृद्धि देखिएको बजारमा दोस्रो कारोबारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। मंगलबार पनि बजार उल्लेख्य वृद्धितर्फ लागेको थियो।  

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजार चार कारोबारको वृद्धिपछि पुन: ओरालो लागेको हो। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू नीतिगत साथ पर्खिरहेका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ।


प्रकाशित : बुधबार, जेठ २ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend