शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार वृद्धितर्फ सेयर बजार

मंगलबार, जेठ १ २०८१
लगातार वृद्धितर्फ सेयर बजार

काठमाडौं- उतारचढावबीच ओरालो लागिरहेको सेयर बजारमा अहिले लगातार हरियाली देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार सामान्य वृद्धि देखिएको बजारमा दोस्रो कारोबारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। मंगलबार पनि बजार उल्लेख्य वृद्धितर्फ लागेको छ।  

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा अहिले हरियाली देखिएको हो। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा नीतिगत साथ पर्खिरहेका लगानीकर्ताहरू देखिएका छन्। 

यो साता आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले बढेर १९९८.८९ बिन्दुमा पुगेको थियो। मंगलबार २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ। २१९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। 

अहिलेको उतारचढावपूर्ण स्थितिमा आएको वृद्धि केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले सुधारको बाटो समातेको हो भन्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend