शनिबार, साउन १२ गते २०८१    
images
images
images

एनएचपीसीले पश्चिम सेतीकाे बिजुली ग्रीड कम्पनीको प्रसारण लाइनमार्फत भारत लैजाने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ३१ २०८१
images
images
एनएचपीसीले पश्चिम सेतीकाे बिजुली ग्रीड कम्पनीको प्रसारण लाइनमार्फत भारत लैजाने

ऊर्जा, जलस्राेत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीकाे उपस्थितमा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन्।

images

काठमाडौं- राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारणलाइन प्रयाेग गर्ने सम्झाैता भएकाे छ। 

images
images

नेपाल सरकारले प्रसारण लाइन निर्माणका लागि खडा गरेकाे ग्रीड कम्पनीले बनाउने प्रसारणलाइनबाट बिजुली लैजान साेमबार सम्झाैता भएकाे हाे। एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीकाे बिजुली सरकारी ग्रीड कम्पनीले बनाएको प्रसारणलाइन प्रयाेग गर्नेगरी सम्झाैता भएको हो।  

images

ऊर्जा, जलस्राेत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीकाे उपस्थितमा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ। पश्चिम सेती ७५० मेगावाट  क्षमता भएको आयोजना हो। साेही आयाेजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारणलाइन बनाइरहेकाे छ। ग्रीड कम्पनीकै प्रसारणलाइमा ह्वीलीङ चार्ज तिरेर बिजुली लैजाने सम्झाैता भएकाे हाे।

images

एनएचपीसीले प्रसारणलाईन प्रयाेग गरेवापत ह्वीलीङ चार्ज दिएर बिजुली लैजाने एनएचपीसीका नेपाल प्रमुख सन्दिप मित्तलले बताए। पश्चिम सेतीसँगै एसआर ६ र फुकाेट कर्णालीसमेत एनएचपीसीले निर्माण गर्न लागेकाे उनले बताए। ग्रीड कम्पनीकाे सम्झाैताले बिजुली भारतीय बजारमा लैजान सहज हुने उनको भनाइ छ। 

एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेती सेती करिडोर ४०० केभी प्रसारणलाइनको वनलेक सबस्टेसनमा जोडिनेछ। ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवालीका अनुसार भारतीय बैंक एक्जिम बैंककाे ऋणमार्फत निर्माण हुने प्रसारणलाइनमा २० अर्ब नेपाली रुपैयाँ लगानी हुने छ।

पश्चिमी सेती करिडाेरमा १८ सय मेगावाट परियाेजना निर्माणकाे चरणमा रहेकाे छ। एनएचपीसीले दोधारा-बरेली ४०० केभी प्रसारणलाइनमार्फत भारत बिजुली लैजानेछ। 

२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो। दुई वर्षभित्र कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्नेछ।


प्रकाशित : सोमबार, वैशाख ३१ २०८११९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend