शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

कीर्तिमानी आरोही निर्मल पुर्जा हेलिकोप्टर व्यवसायमा, किने 'मुस्ताङ'को बहुमत सेयर

images
आइतबार, वैशाख ३० २०८१
images
images
कीर्तिमानी आरोही निर्मल पुर्जा हेलिकोप्टर व्यवसायमा, किने 'मुस्ताङ'को बहुमत सेयर

२०७५ बैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट मुस्ताङले इजाजतपत्र पाएको थियो। अहिले आरोही पुर्जाले बहुमत सेयर लिएर सञ्चालनको तयारी गरेका छन्।

images
images

काठमाडौं- मुस्ताङ हेलिकोप्टर प्रालिको बहुमत सेयर स्वामित्व किर्तिमानी आरोही निर्मल पुर्जाले लिएका छन्। मुस्ताङका हालका सञ्चालक ईश्वर लामिछानेले पुर्जालाई बहुमत सेयर बिक्री गरेका हुन्। 

images
images
images

सन् २०१९ मै सञ्चालनमा ल्याउनेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको मुस्ताङ हेलिकोप्टरले पाँच वर्षभित्र पाँचवटा हेलिकोप्टरमार्फत व्यावसायिक उडान गर्ने घोषणासमेत गरेको थियो। तर कोभिडका कारण सन् २०२२ बाट मात्रै सञ्चालनमा आएको थियो।

उडान अनुमति पाएको ६ महिनापछि नै अर्को हेलिकोप्टर खरिद गरेर एओसी लिनुपर्नेमा आर्थिक संकटबाट गुज्रिएपछि मुस्ताङका सञ्चालक ईश्वर लामिछानेले योजना पछाडि सार्दै आएका थिए। गत असोजमा थप अर्को हेलिकोप्टर खरिद गरेपनि अहिलेसम्म मुस्ताङको एओसी लिन सकेका छैनन्। पहिलो हेलिकोप्टर पनि १० महिनाभन्दा बढी समयदेखि ग्राउन्डेड नै छ। 

images

मुस्ताङ हेलिकोप्टरले ६ करोड रुपैयाँमा पुरानै हेलिकोप्टर खरिद गरेर उडान सुरु गरेको थियो। मुस्ताङले एयर डाइनेष्टिको हेलिकोप्टर खरिद गरेको थियो। नाइन एन-एजीय (एएस ३५० बीए) नामक हेलिकोप्टर खरिद गरे पनि महिनौँदेखि ग्राउन्डेड छ।

images

२०७५ बैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मुस्ताङले इजाजतपत्र (लाइसेन्स) पाएको थियो। लामिछानले सञ्चालन गर्न नसकेपछि अहिले आरोही पुर्जाले बहुमत सेयर लिएर सञ्चालनको तयारी गरेका छन्। 

पुर्जाले 'निम्सदाइ' ब्रान्डमा ज्याकेट, ट्राउजर, टिसर्ट, जुत्ता, हुडीसहित एक्सपेड किट र हिमाल आरोहणका लागि आवश्यक उपकरणहरू पनि अनलाइनमार्फत बिक्री गर्दै आएका छन्। 

को हुन् पुर्जा?

‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान बनाएका आरोही हुन् पुर्जा। उनी उत्तरी म्याग्दीको दानामा जन्मिएका हुन्।

सन् २००३ मा पोखरास्थीत ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भइ संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिम लिएका थिए। उनी कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एन्ड डेकोरेसन ट्रेन्डमा कार्यरत थिए।

पुर्जा आरोहणको सपना लिएरै सेनाबाट बाहिरिएका थिए। सेनामा रहँदाका १६ वर्षमध्ये उनी १० वर्ष त 'स्पेशल फोर्स'मा नै थिए। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिस सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पुर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका छन्।

उनले आफ्नै नाममा रहेको सगरमाथा, लोत्से र मकालुको पाँच दिनमा गरेको आरोहण कीर्तिमान ४८ घण्टामा पूरा गरेर पनि कीर्तिमान बनाएका छन्। 

पुर्जाले अंग्रेजी वर्ष २०१७ मे २७ मा पाँच दिनमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर तीनवटा विधामा गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल भइसकेका छन्। गोर्खा एक्स्पिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व उनैले सम्हालेका थिए। 

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एकअर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका छन्। उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत व्यवस्थापनमा सघाउने गरेका छन्।

ओहो! असम्भव केही छैन ओहो! असम्भव केही छैन


प्रकाशित : आइतबार, वैशाख ३० २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend