शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विदेशी मुद्रा सञ्चिति १४ अर्ब ३६ करोड डलर पुग्यो

आइतबार, वैशाख ३० २०८१
विदेशी मुद्रा सञ्चिति १४ अर्ब ३६ करोड डलर पुग्यो

काठमाडौं- आयात तथा निर्यातमा आएको गिरावट र रेमिट्यान्समा भएको वृद्धिले नेपालको बाह्य क्षेत्र चालु आर्थिक वर्ष सुविधाजनक अवस्थामा छ। चालु आर्थिक वर्षको चैत मसान्तमा १९ प्रतिशतले रेमिट्यान्समा भएको वृद्धि र वस्तु आयात २.८ प्रतिशत घट्दा विदेशी मुद्राको सञ्चिति थप बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको तथ्यांकअनुसार नेपालसँग विदेशी मुद्राको सञ्चिति १४ अर्ब ३६ करोड डलर कायम भएको छ।  यस अवधिमा निर्यातसमेत ३.७ प्रतिशतले घट्दा समग्र वस्तु व्यापारघाटा २.८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको ९ महिनासम्ममा रेमिट्यान्स १० खर्ब ८२ अर्ब रुपैयाँ भित्रिएको छ। यस अवधिमा चालु  खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ। यस्तै चैत मसान्तसम्ममा शोधान्तरस्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ।

गत असार मसान्तसम्मा ११ अर्ब ७१ करोड कायम भएको विदेशी मुद्रा सञ्चिति २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड कायम भएको हो। उक्त सञ्चितिले  १५ महिनाको वस्तु र १२.५ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend