शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ५५.३५ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३० २०८१
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ५५.३५ प्रतिशतले बढ्यो

काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा ५५.३५ प्रतिशतले बढेको छ। 

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५५.३५ प्रतिशतले बढेको छ।

चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड रुपैयाँ बढी हो। कम्पनीले गत वर्ष चैतसम्म ३० करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद बीमाशुल्क, खुद आम्दानी र लगानी तथा कर्जा आय बढ्दा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो। समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी १६.१०६ प्रतिशत बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आम्दानी १९.१८ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

यस्तै कम्पनीको यस अवधिमा लगानी तथा कर्जा आयबाट हुने आम्दानी ४६.२६ प्रतिशतले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५.१९ प्रतिशतले घटेर ७७ करोड ९० लाख रुपैयाँमा झरेको छ। हाल २ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ६२ करोड रुपैयाँ संचित छ।

त्यस्तै, महाविपत्ती कोषमा १८ करोड ७९ लाख, रिटेन्ड अर्निङमा ३८ करोड २१ लाख रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४४.०५ रुपैयाँ छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८१११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend