बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

अप्पर तामाकोशीको विद्युत बिक्री आम्दानी बढ्दा पनि नाफा बढ्न सकेन, प्रतिसेयर आम्दानी ऋणात्मक

images
आइतबार, वैशाख ३० २०८१
images
अप्पर तामाकोशीको विद्युत बिक्री आम्दानी बढ्दा पनि नाफा बढ्न सकेन, प्रतिसेयर आम्दानी ऋणात्मक
images
images

काठमाडौं- अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड विद्युत व्यापार बढाउँदा पनि नाफामा जान सकेको छैन। 

images
images
images

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेता पनि नाफा कमाउन सकेको छैन।

images
images

चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८.७६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा रहेको छ।

images
images

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ अर्ब १७ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७.६४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४९.१८ प्रतिशत र वित्तीय खर्च ८.१४ प्रतिशत घटेको छ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ८ अ र्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend