शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हिमालयन रि इन्स्योरेन्सको नाफा सतप्रतिशत वृद्धि, अन्य सूचक कस्तो?

आइतबार, वैशाख ३० २०८१
हिमालयन रि इन्स्योरेन्सको नाफा सतप्रतिशत वृद्धि, अन्य सूचक कस्तो?

काठमाडौं- हिमालयन रि इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको ९ महिनासम्म सतप्रतिशत नाफा बढाएको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशत बढेर ३ अर्ब ४९ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको छ भने कुल आम्दानी ९०.५८ प्रतिशतले बढेर ४ अर्ब २७ करोड २९ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, कम्पनीको कुल दाबी भुक्तानी ९४.६१ प्रतिशतले बढेर १ अर्ब ६० करोड २५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने कुल खर्च ८८.८१ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ भने सेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यस्तै विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७७ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend