शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २२.२१ प्रतिशतले बढ्यो

आइतबार, वैशाख ३० २०८१
नेपाल लाइफ इन्स्योरेन्सको नाफा २२.२१ प्रतिशतले बढ्यो

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो त्रैमाससम्म नाफा २२.२१ प्रतिशतले बढेको छ। कम्पनीको नाफा बढेर ६० करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९.१४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.२१ प्रतिशत र कुल खर्च ८.५९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ७५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.२३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ गुणा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब २९ करोड रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend