शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दाेस्राे बजारमा चम्किएका सोल्टी र हायात होटलको सूचकमा प्रतिस्पर्धा, लगानीकर्तालाई कुनमा फाइदा?

लाभांशले लगानीकर्तामा बढ्दो आकर्षण

शनिबार, वैशाख २९ २०८१
दाेस्राे बजारमा चम्किएका सोल्टी र हायात होटलको सूचकमा प्रतिस्पर्धा, लगानीकर्तालाई कुनमा फाइदा?

काठमाडौं-  पछिल्लो समय दोस्रो बजारमा सबैभन्दा उभार होटलहरूको सेयरमा छाएको छ। अन्य क्षेत्रको सेयर मूल्य घटेता पनि होटलहरूको सेयर मूल्य भने लगातार बढिरहेको छ। 

बिहीबारसम्म होटल र पर्यटन इन्डेक्स ५ हजार २ सय ६४ अंकमा पुगेको छ। बिहीबार मात्रै उक्त क्षेत्रको सेयर ३४२ अंकले बढेको हो। जुन ६ प्रतिशतको वृद्धि हो। पछिल्लो समय सोल्टी र तारागाउँ रिजेन्सीको होलटको सूचकमा समेत प्रतिस्प्रर्धा छ। 

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटलले वित्तीय अवस्थारमा सुधार गर्दै लगेको छ। वित्तीय सूचकमा सुधार गरेसँगै दोस्रो बजारमा लगानीकर्ताको आकर्षणसमेत देखिएको छ।

बिहीबारमात्रै होटलको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ७ सय ४७ रूपैयाँमा कारोबार भएको छ।

कम्पनीको पछिल्लो ५२ सातामा ९ सय ७९ रूपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ४ सय ९६ सम्म झरेको थियो। गतवर्षको नाफाबाट १५ प्रतिशत लाभांशसमेत दिएको होटलले आगामी वर्ष पनि आकर्षक लाभांश दिने देखिन्छ। 

tara gau.JPG

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रूपैयाँ नाघेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको यस्तो आम्दानी ९० करोड ६१ लाख रूपैयाँ थियो। आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा होटलको अन्य आम्दानी १९.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.२५ प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रूपैयाँ ७७ पैसा बढेर २२ रूपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिसेयर नेटवर्थ १३७ रूपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।

सोल्टी होटल

सोल्टी होटलको बिहीबार सम्मको सेयर मूल्य ४६१ रुपैयाँमा कारोबार भएको छ। बिहीबार मात्रै प्रतिकित्ता ३१.८० रुपैयाँ बढेको कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ।

पछिल्लो ५२ हप्तमा ५३६ रुपैयाँसम्म पुगेको सेयर मूल्य २५२ रुपैयाँसम्म झरेको थियो। हाल लगातार बढेर उच्च विन्दु पछ्याउनेक्रम जारी छ। कम्पनीले गतवर्ष  लगानीकर्तालाई २६ प्रतिशत लाभांश समेत दिएको थियो।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ११.०८ प्रतिशतले बढेको छ।

solti.JPG

चालु आवको चैत मसान्तसम्म कम्पनीले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४ करोड १२ लाख रुपैयाँ धेरै हो। गत वर्ष सोही अवधिमा सोल्टीले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो।

पछिल्लो समय पर्यटकीय गतिविधिमा सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेको हो।समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.३८ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। सेवा सुविधा र ब्राण्डका कारण सोल्टी पर्यटकको रोजाइमा पर्ने गरेको छ।

यस्तै, कम्पनीको संचालन नाफा ११.३८ प्रतिशतले बढेर ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ। हाल ९२ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ तथा जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ संचित छ। समीक्षा अवधिमा सोल्टीको प्रतिसेयर आम्दानी २४ पैसा बढेर ४.४४ रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ छ।


प्रकाशित : शनिबार, वैशाख २९ २०८१०६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend