शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

बुटवल पावरको नाफामा उच्च दरमा गिरावट

images
शुक्रबार, वैशाख २८ २०८१
images
images
बुटवल पावरको नाफामा उच्च दरमा गिरावट
images
images

काठमाडौं- बुटवल पावरको नाफा ३२ प्रतिशतले घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

images
images

गत वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ८१ लाख खुद नाफा कमाएकोमा यस वर्ष नाफा ३२.८६ प्रतिशतले घटेको हो।

images
images

कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफा प्रभावित भएको हो। गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५८ करोड ३१ लाख आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा यस्तो आम्दानी ५४ करोड ३७ लाख रुपैयाँमा झरेको छ। 

images
images
images

कम्पनीको सञ्चालन नाफा २५ करोड ९२ लाख रुपैयाँबाट घटेर २१ करोड ८८ लाख रुपैयाँमा झरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ। चैतसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७८ पैसा छ।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend