शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बुटवल पावरको नाफामा उच्च दरमा गिरावट

शुक्रबार, वैशाख २८ २०८१
बुटवल पावरको नाफामा उच्च दरमा गिरावट

काठमाडौं- बुटवल पावरको नाफा ३२ प्रतिशतले घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ८१ लाख खुद नाफा कमाएकोमा यस वर्ष नाफा ३२.८६ प्रतिशतले घटेको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफा प्रभावित भएको हो। गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५८ करोड ३१ लाख आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा यस्तो आम्दानी ५४ करोड ३७ लाख रुपैयाँमा झरेको छ। 

कम्पनीको सञ्चालन नाफा २५ करोड ९२ लाख रुपैयाँबाट घटेर २१ करोड ८८ लाख रुपैयाँमा झरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ। चैतसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७८ पैसा छ।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend