बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति?

images
शुक्रबार, वैशाख २८ २०८१
images
images
दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति?
images
images

काठमाडौं- दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा बढाएको छ। कम्पनीको सेयर प्रतिकित्ता ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ३०.४६ प्रतिशतले धेरै हो।

images

कम्पनीको व्यापारबाट हुने आम्दानी बढ्दा र खर्च घट्दा उसको नाफा बढेको हो। गत आर्थिक वर्षको चैतसम्ममा व्यापारबाट १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ।

images
images
images

चालु आर्थिक वर्षमा कम्पनीले आफ्नो खर्चलाई पनि घटाउँदै लगेको छ। गत वर्षको तेस्रो त्रैमाससम्ममा कुल खर्च १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा यस वर्ष यस्तो खर्च १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

चैत मसान्तसम्ममा कम्पनीको कुल चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

कम्पनीको चैतसम्ममा प्रतिसेयर आम्दानी ५२८ रुपैयाँ छ जसलाई वार्षिकीकरण गरेर हेर्ने हो भने उसको प्रतिसेयर आम्दानी २ हजार २ सय २ रुपैयाँ छ। उसको प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ छ। यो गत वर्षको तुलनामा केही घटेको हो।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend