शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तारागाँउ रिजेन्सी होटलको वित्तीय सूचकमा सुधारसँगै लगानीकर्ताको आकर्षण, कस्तो छ सूचक?

बिहीबार , वैशाख २७ २०८१
तारागाँउ रिजेन्सी होटलको वित्तीय सूचकमा सुधारसँगै लगानीकर्ताको आकर्षण, कस्तो छ सूचक?

गतवर्षको नाफाबाट १५ प्रतिशत लाभांश समेत दिएको होटलले आगामी वर्ष पनि आकर्षक लाभांश दिने देखिन्छ।

काठमाडौं- तारागाउँ रिजेन्सी होटलले वित्तीय अवस्थारमा सुधार गर्दै लगेको छ। वित्तीय सूचकमा सुधार गरेसँगै दोस्रो बजारमा लगानीकर्ताको आकर्षण समेत देखिएको छ।

बिहीबारमात्रै होटलको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ७ सय ४७ रूपैयाँमा कारोबार भएको छ।

कम्पनीको पछिल्लो ५२ सातामा ९ सय ७९ रूपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ४ सय ९६ सम्म झरेको थियो। गतवर्षको नाफाबाट १५ प्रतिशत लाभांश समेत दिएको होटलले आगामी वर्ष पनि आकर्षक लाभांश दिने देखिन्छ। 

कस्तो छ सूचक?

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रूपैयाँ नाघेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको यस्तो आम्दानी ९० करोड ६१ लाख रूपैयाँ थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा होटलको अन्य आम्दानी १९.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.२५ प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रूपैयाँ ७७ पैसा बढेर २२ रूपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिसेयर नेटवर्थ १३७ रूपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend