शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

बुधबार, वैशाख २६ २०८१
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा विशेष छुट पाउने भएका छन्।

अस्पतालले अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक सीटी स्क्यान,न्यूरो सर्जरी, न्यूरो आईसीयू,अर्थोपेडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग , क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थलगायतका स्वास्थ्य तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी दुईपक्षीय समझदारी भएको हो।

एक समारोहका बिच न्यूरो कार्डियो हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंकका गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारीमा हस्ताक्षर गरेका हुन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा न्यूरो कार्डियो हस्पिटललाई भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन्।

बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंकले ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बुधबार, वैशाख २६ २०८११७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend