शनिबार, साउन १२ गते २०८१    
images
images
images

सेयर बजार पुन: उही बिन्दु वरपर, लगानीकर्ताले भेटेनन् विश्वासको आधार

images
बुधबार, वैशाख २६ २०८१
images
images
सेयर बजार पुन: उही बिन्दु वरपर, लगानीकर्ताले भेटेनन् विश्वासको आधार
images

काठमाडौं- उही बिन्दु वरपर घुमिरहेको सेयर बजारमा बुधबारको अवस्था पनि स्थिर देखिएको छ। लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन।

images
images

उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता दुई कारोबार राताम्य भएर तेस्रो कारोबारमा बजार केही थामिँदै स्थिर देखिएको थियो। गएको साता समग्रमा कारोबार सुधारतर्फ देखिए पनि यो साता भने आइतबार र सोमबार नै बजार राताम्य भएको थियो। मंगलबार भने बजार केही थामिएर सामान्य वृद्धि भएको थियो।

images

बुधबार ०.२१ अंकले घटेर बजार १९६०.६० बिन्दुमा झरेको छ। १२४ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा झरेको थियो। सोमबार पनि १५.६२ अंकले घटेर बजार १९५८.७५ बिन्दुमा झरेको थियो। मंगलबार २.०६ अंकले बढेर बजार १९६०.८१ बिन्दुमा पुगेको थियो। 

images

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ।

सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, वैशाख २६ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend