शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

'८ प्रतिशत नबिल डिबेन्चर २०८९' को निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट

मंगलबार, वैशाख २५ २०८१
'८ प्रतिशत नबिल डिबेन्चर २०८९' को निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट

३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न लागेको हो।

काठमाडौं- नबिल बैंक लिमिटेडले '८ प्रतिशत नबिल डिबेन्चर २०८९' नामक ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले  हस्ताक्षर गरेका छन्। 

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न लागेको हो। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ। ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ। 

यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड रूपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड रूपैयाँ ऋणपुँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न थालिएको हो।

सर्वसाधारणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाइएको बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend