शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

स्काईवाक टावरको टिकटमा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

मंगलबार, वैशाख २५ २०८१
स्काईवाक टावरको टिकटमा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई वन्डर्स नेपाल प्रालिमा छुटको व्यवस्था गरेको छ। 

डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले सो सम्झौता गरेको जनाएको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्। 

छुटसम्बन्धी उक्त समझदारीपत्रमा वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठ र सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ हस्ताक्षर गरेका छन्।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा गएर पनि हेर्न सकिन्छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend