शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशतले बढ्यो

मंगलबार, वैशाख २५ २०८१
सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशतले बढी हो।

काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो। कम्पनीको बिक्री आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ४.७६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३.४६ रुपैयाँ पुगेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २१२. ७३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend