शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अपेक्षाकृत वृद्धितर्फ बढ्न सकेन सेयर बजार, ओरालो यात्रा थामिएर स्थिर

मंगलबार, वैशाख २५ २०८१
अपेक्षाकृत वृद्धितर्फ बढ्न सकेन सेयर बजार, ओरालो यात्रा थामिएर स्थिर

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता दुई कारोबार राताम्य भएर तेस्रो कारोबारमा बजार केही थामिँदै स्थिर देखिएको छ। 

गएको साता समग्रमा कारोबार सुधारतर्फ देखिए पनि यो साता भने आइतबार र सोमबार नै बजार राताम्य भएको थियो। मंगलबार भने बजार केही थामिएर सामान्य वृद्धि भएको हो। 

मंगलबार २.०६ अंकले बढेर बजार १९६०.८१ बिन्दुमा पुगेको छ। १२० कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ। ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा झरेको थियो। सोमबार पनि १५.६२ अंकले घटेर बजार १९५८.७५ बिन्दुमा झरेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजार अहिले धरमर गरिरहेको छ। लगनाीकर्ताहरू पर्ख र हेरको सोचमा देखिन्छन्। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend