शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपालका लागि विश्व बैंकले स्वीकृत गर्‍यो ८० मिलियन अमेरिकी डलर ऋण

मंगलबार, वैशाख २५ २०८१
नेपालका लागि विश्व बैंकले स्वीकृत गर्‍यो ८० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं- विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन र वित्तीय सेवाहरूमा पहुँच बढाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। विश्व बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको हो।

यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ। यस्तै वित्तीय समाधानको विविधीकरणमा समेत लगानी गर्नुपर्ने छ। यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्वास रहेको विश्व बैंकले जनाएको छ। 

'यस परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई सहयोग गर्ने छ साथै नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्‍याउने छ' विश्व बैंकले जनाएको छ। 

विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापनलगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै यो ऋण सहयोगले नेपालको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र यससँग सम्बन्धित लगानीलाई प्रोत्साहन गर्ने छ। 

बैंकिङ क्षेत्रको पोर्टफोलियोमा ग्रीन बोन्ड्स, जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य भेट्टाउनका लागि सहयोगी बन्ने उल्लेख गरिएको छ। 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend