शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

मंगलबार, वैशाख २५ २०८१
स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट र क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले ललितपुरको सातदोबाटो, ताल्छिखेलस्थित स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने भएका छन्। 

स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो।

एक समारोहका बिच स्वस्तिक हेल्थ केयरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट र क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ।

स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ।

प्रभु बैंकले देशभर रहेका ३ सय २ शाखा कार्याले, २ सय ८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् ३१ लाखभन्दा बढी ग्राहकलाई सेवासुविधा प्रदान गरिरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend