शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनआईसी एसिया बैंकले ल्यायो भाका नाघेका कर्जामा छुट योजना

मंगलबार, वैशाख २५ २०८१
एनआईसी एसिया बैंकले ल्यायो भाका नाघेका कर्जामा छुट योजना

यस्तै ३ सय ६५ दिनभन्दा बढीको भाका नाघेकाका हकमा ३५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले भाका नाघेका कर्जाहरुमा विशेष छुटको योजना सार्वजनिक गरेको छ। 

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले कर्जामा छुट दिने योजना ल्याएको बैंकले जनाएको छ। 

ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना बैंकले ल्याएको छ।

बैंकका अनुसार २०८० चैत्र मसान्तसम्ममा ९१ दिनदेखि १ सय ८० दिनसम्मको भाका नाघेका ऋणीहरुले साधारण ब्याज रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने १ सय ८१ देखि ३ सय ६५ दिनको भाका नाघेकाले २५ प्रतिशसम्म छुट पाउनेछन्।

यस्तै ३ सय ६५ दिनभन्दा बढीको भाका नाघेकाका हकमा ३५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भएर लाभ लिन सक्ने बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए।

उनका अनुसार यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend