शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एभरेष्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २४ २०८१
एभरेष्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय वीरगञ्ज महानगरपालिका आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ तथा सेवा सुरु गरेको छ। 

आइतबार आयोजित विशेष कार्यक्रमबीच वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण गरेको हो। 

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यलगायत सो क्षेत्रका उच्च पदस्थको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले उक्त नवनिर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए।  

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकका अनुसार हालसम्म करिब १४ लाख ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा दिँदै आइरहेको छ। 

एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख २४ २०८११५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend