शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजार लगातार ओरालोतर्फ, कारोबार निरन्तर धरमर

सोमबार, वैशाख २४ २०८१
सेयर बजार लगातार ओरालोतर्फ, कारोबार निरन्तर धरमर

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता पनि दुई कारोबार नै राताम्य देखिएको छ। गएको साता समग्रमा कारोबार सुधारतर्फ देखिए पनि यो साता भने आइतबार र सोमबार नै बजार राताम्य भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा झरेको थियो। सोमबार १५.६२ अंकले घटेर बजार १९५८.७५ बिन्दुमा झरेको छ। ६२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ। १७७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजार अहिले धरमर गरिरहेको छ। लगनाीकर्ताहरू पर्ख र हेरको सोचमा देखिन्छन्। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : सोमबार, वैशाख २४ २०८११४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend