बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

गएको साता सुधारतर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमै राताम्य

images
आइतबार, वैशाख २३ २०८१
images
images
गएको साता सुधारतर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमै राताम्य
images
images

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा गएको साता समग्रमा कारोबार सुधारतर्फ देखिएको थियो। यो साता भने पहिलो कारोबार आइतबार नै बजार राताम्य भएको छ। 

images
images
images

साताको अन्तिम कारोबारमा बिहीबार बजार घटे पनि गएको साता समग्रमा ३३.०२ अंकले बढेको बजारले त्यही लय समात्न सकेन। 

images

यो साता पहिलो कारोबारमा आइतबार २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा झरेको छ। ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ।  

images
images
images

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजार अहिले धरमर गरिरहेको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : आइतबार, वैशाख २३ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend