शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

गएको साता सुधारतर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमै राताम्य

आइतबार, वैशाख २३ २०८१
गएको साता सुधारतर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमै राताम्य

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा गएको साता समग्रमा कारोबार सुधारतर्फ देखिएको थियो। यो साता भने पहिलो कारोबार आइतबार नै बजार राताम्य भएको छ। 

साताको अन्तिम कारोबारमा बिहीबार बजार घटे पनि गएको साता समग्रमा ३३.०२ अंकले बढेको बजारले त्यही लय समात्न सकेन। 

यो साता पहिलो कारोबारमा आइतबार २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा झरेको छ। ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ।  

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजार अहिले धरमर गरिरहेको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : आइतबार, वैशाख २३ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend