मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

सेयर स्वामित्व परिवर्तनबापतको कर तिर्न कोटिभिटी तयार

images
आइतबार, वैशाख २३ २०८१
images
images
सेयर स्वामित्व परिवर्तनबापतको कर तिर्न कोटिभिटी तयार

कोटिभिटी इन्टरनेशनललाई कोटिभिटी नेपालले आईटी सेवा बिक्रीमा शून्यदरको कर सर्त सुविधा दिन नमिल्ने विषय उजागर गर्दै मुद्दा दर्ता भइसकेको छ।

images
images

काठमाडौं- सेयर स्वामित्व परिवर्तनमा लाग्ने कर तिर्न कोटिभिटी नेपाल प्रालि तयार भएको तथ्य खुलेको छ। कोटिभिटीले २०८० मंसिरमा नै कम्पनीको सेयर स्वामित्व परिवर्तनमा कानूनअनुसार लाग्रे कर तिर्न सहमत भएको पत्र मध्यमस्तरीय करदाता कार्यालयलाई लेखेको फेला परेको छ। 

images
images

विभिन्न समयमा सेयर परिवर्तन भएको तर त्यसको कुनै जानकारी नदिएको र स्वामित्व परिवर्तनमा लाग्ने करसमेत नतिरेको भन्दै राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपालविरुद्ध मुद्दा दर्ता गरिसकेको छ। 

images
images

राजस्व अनुसन्धान विभागले प्रविधि कम्पनी 'कोटिभिटी नेपाल'विरुद्ध दायर गरेको मुद्दामा विशेषत: तीनवटा प्रश्न उठाएको थियो। सेयर स्वामित्व परिवर्तन, भ्याट छुट र व्यावसायिक प्रतिनिधिको विषय उठान गर्दै विभागले करछली भएको स्पष्ट हुने जनाएको थियो। 

images
images
images

यस्‍तोमा विभागले उठान गरेको सेयर स्वामित्व परिवर्तनमा लाग्ने कर तिर्न आफूहरू तयार रहेको भन्दै मध्यमस्तरीय करदाता कार्यालयलाई २०८० मंसिर ८ गते नै कोटिभिटीले पत्र लेखेको फेला परेको हो। सेयर स्वामित्व परिवर्तनमा के कति कर लाग्ने हो त्यसको यकिन गरिदिन भन्दै कोटिभिटीले पत्र लेखेको थियो। त्यसअघि २०७९ सालमा पनि कोटिभिटीले सेयर स्वामित्व परिवर्तनमा लाग्ने करको विषयमा कार्यालयसँग छलफल गरेको थियो।

पत्रमा नै कानूनअनुसार सेयर स्वामित्व परिवर्तनमा के कति कर लाग्ने हो सो तिर्न कम्पनी तयार भएको विषय उल्लेख छ। तर कर कार्यालय तथा अर्थ मन्त्रालयले यसमा कुनै चासो नदेखाएको र कर नतिरेको पाइएपछि विभागले कोटिभिटीविरुद्ध मुद्दा दर्ता गरेको हो।

उक्त विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री वर्षमान पुन रुष्ट थिए। जसका कारण मुद्दा कमजोर बनाउनका लागि राजस्व अनुसन्धान विभागमा महानिर्देशक नवराज ढुंगानाको सरुवासमेत भइसकेको छ। 

ढुंगानाले कोटिभि‍टी नेपालको करछली मुद्दामा आईटी सेवाको निर्यात भ्याटका विषयमा नै नजिर स्थापित हुनसक्ने भन्दै मुद्दा दर्ता गरेका थिए। कोटिभिटीविरुद्ध करछली अभियोगमा उच्च अदालत पाटनमा १० अर्ब ३६ करोड रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भइसकेको छ।

कोटिभिटी इन्टरनेशनललाई कोटिभिटी नेपालले आईटी सेवा बिक्रीमा शून्यदरको कर सर्त सुविधा दिन नमिल्ने भन्दै मुद्दा दर्ता भएको हो।

कोटिभि‍टी नेपालको करछली मुद्दा : आईटी सेवाको निर्यात भ्याटमा बन्न सक्छ नजिर कोटिभि‍टी नेपालको करछली मुद्दा : आईटी सेवाको निर्यात भ्याटमा बन्न सक्छ नजिर

कोटिभिटीविरुद्धको मुद्दा कमजोर बनाउन राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाको सरुवा कोटिभिटीविरुद्धको मुद्दा कमजोर बनाउन राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाको सरुवा नेपालबाट बाहिरियो अमेरिकी प्रविधि कम्पनी कोटिभिटी नेपालबाट बाहिरियो अमेरिकी प्रविधि कम्पनी कोटिभिटी


प्रकाशित : आइतबार, वैशाख २३ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend