शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने

काठमाडौं- नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ।

सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका हुन्। 

पाल्पा सिमेन्टकोप्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ।

सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए। योभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको सेयर प्रत्याभूति गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend