शनिबार, साउन १२ गते २०८१    
images
images
images

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
images
images
नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने
images

काठमाडौं- नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ।

images
images

सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका हुन्। 

images

पाल्पा सिमेन्टकोप्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ।

सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए। योभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको सेयर प्रत्याभूति गर्दै आएको छ।

images


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend