शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

साताभर सुधारतर्फ देखिएको सेयर बजार अन्तिम कारोबारमा घट्यो

बिहीबार , वैशाख २० २०८१
साताभर सुधारतर्फ देखिएको सेयर बजार अन्तिम कारोबारमा घट्यो

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता समग्रमा कारोबार सुधारतर्फ देखिएको छ। साताको अन्तिम कारोबारमा बिहीबार बजार घटे पनि समग्रमा ३३.०२ अंकले बढेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १४.३३ अंकको हरियाली देखिए पनि दोस्रो कारोबारमा सोमबार ०.०७ अंकको वृद्धिसहित स्थिर देखिएको बजार तेस्रो कारोबारमा मंगलबार पनि २५.९३ अंकले उकालोतिर नै लागेको थियो। 

बुधबार बन्द रहेको बजार बिहीबार ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा झरेको छ। ७८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ। १६१ कम्पनीको सेयर मूल्य घटेको बजारमा ५ कम्पनीको कारोबार स्थिर देखिएको छ। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा अहिले हरियाली देखिएको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : बिहीबार , वैशाख २० २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend