शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सम्पत्ति शुद्धीकरणको कारबाहीमा परे लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक

बिहीबार , वैशाख २० २०८१
सम्पत्ति शुद्धीकरणको कारबाहीमा परे लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन र निर्देशन उल्लंघन गरेको भन्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई विकास बैंक कारबाहीमा परेका छन्।

लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले सम्पत्ति शुद्धीकरणको कारबाहीमा परेका हुन्। 

लुम्बिनी विकास बैंकले ग्राहक पहिचान खाता (केवाईसी) मा ग्राहकको पहिचान खुलाउने पर्याप्त सूचना नभएको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली (एएमएल/ सिएफटी) पूर्णरुपमा कार्यान्वयन नगरेको भन्दै राष्ट बैंकले सचेत गराएको छ।

यस्तै एक्सेल डेभलमेन्ट बैंकले पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशनको पूर्ण पालना नगरेकाले बैंकलाई बैंक वित्तीय संस्था ऐन, २०७३ को दफा ९९ को बुँदा नम्बर (क) बमोजिम सचेत गराएको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , वैशाख २० २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend