शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार ३ सय ७६ पर्यटक

images
बिहीबार , वैशाख २० २०८१
images
अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार ३ सय ७६ पर्यटक
images
images

काठमाडौं- पर्यटक आगमन बढ्दो छ। सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

images
images
images

अध्यागन विभागले पर्यटन बोर्डलाई दिएको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा १२.७६ प्रतिशतले पर्यटक आगमन बढेको हो। 

images
images

सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। बोर्डका अनुसार सन् २०१९ को अप्रिलको तुलनामा भने पर्यटक आगमन १.८१ प्रतिशतले बढेको हो।

images
images

सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

बोर्डका अनुसार अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

यसैगरी अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१ जना नेपाल भ्रमणमा आएका छन्। यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।


प्रकाशित : बिहीबार , वैशाख २० २०८११२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend