काठमाडौं- नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ।
चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १ हजार ४ सय ५६ डलर पुग्ने अनुमान कार्यालयले गरेको छ।
त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १ हजार ४ सय ३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ। यो सबै बजार मूल्यमा हो।
खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी भने १ हजार ८ सय ४३ डलर पुगेको छ। रेमिट्यान्सको समेत आय जोडिने यो शीर्षकमा गत वर्षको तुलनामा उच्च वृद्धि भएको छ।