शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर पकडीमा, सुरुवाती तीन महिनासम्म पाइन्छ यस्ता सुविधा

मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर पकडीमा, सुरुवाती तीन महिनासम्म पाइन्छ यस्ता सुविधा

यस्तै डेबिट कार्ड, एसएमएस अर्लट सेवा, मोबाइल बैंकिङ सेवा पनि पहिलोपटकका लागि नि:शुल्क गरिएको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीमा चौथो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले मंगलबार तौलिहवा शाखा कार्यालयको मातहतमा रहनेगरी एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइकेलले संयुक्तरुपमा गरेका छन्।

बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराइने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने विश्वास व्यक्त गरे।

सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाका लागि विभिन्न अफरहरु पाउने बैंकले जनाएको छ। 

बैंकका अनुसार न्यूनतम १०० मौज्दातमा साधारण बचत खाताको सुविधा रहेको छ भने दुई हजार पाँचसय न्यूनतम मौज्दातमा चल्ती खाताको सुविधा बैंकले दिएको छ। उक्त एक्स्टेन्सन काउन्टरबाट सर्वसाधरणहरुले शून्य मौज्दातको तलबी बचत खाता खोल्न सक्नेछन् भने न्यूनतम एक हजार २ सय ५० मौज्दातमा नारी बचत खाताको सुविधा छ।

यस्तै डेबिट कार्ड, एसएमएस अर्लट सेवा, मोबाइल बैंकिङ सेवा पनि पहिलोपटकका लागि नि:शुल्क गरिएको छ।

बैंकले १४ लाखभन्दा बढी ग्राहकलाई १ सय २८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend