शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुधारतर्फ बढ्यो सेयर बजार, पुन: २००० बिन्दुमाथि, ४ अर्ब ८० करोडको कारोबार

मंगलबार, वैशाख १८ २०८१
सुधारतर्फ बढ्यो सेयर बजार, पुन: २००० बिन्दुमाथि, ४ अर्ब ८० करोडको कारोबार

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा हरियाली देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार हरियाली देखिए पनि दोस्रो कारोबारमा सोमबार स्थिर देखिएको बजार तेस्रो कारोबारमा मंगलबार पनि उकालोतिर नै लागेको हो। 

मंगलबार २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा पुगेको छ। २ सय १५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ। २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार १४.३३ अंकले बढेको बजार सोमबार ०.०७ अंकले बढेर बजार १९८०.३४ बिन्दुमा पुगेको थियो।

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा अहिले हरियाली देखिएको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend