शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

१० ठूला वाणिज्य बैंकको कर्जा पोर्टफोलियो रिभ्युका लागि ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक सर्टलिस्ट

मंगलबार, वैशाख १८ २०८१
१० ठूला वाणिज्य बैंकको कर्जा पोर्टफोलियो रिभ्युका लागि ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक सर्टलिस्ट

अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफले दिएको विस्तारित कर्जा ऋण सुविधामा १० ठूला वाणिज्य बैंकहरुको कर्जा पोर्टफोलियो रिभ्यु अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने सर्त राखेको थियो।

काठमाडौं- अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत १० ठूला वाणिज्य बैंकको लेखापरीक्षणका लागि ५ कम्पनी सर्टलिस्ट भएका छन्।

राष्ट्र बैंकले चैत ९ गते आह्वान गरेको बोलपत्रअनुसार ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक छनौट भएका हुन्। नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षकहरु प्रारम्भिक छनौटमा परेका हुन्।

नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीमा रहेको सीएसी एण्ड कम्पनी (प्राइस वाटरहासउ प्रालि), एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका हुन्।

अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफले दिएको विस्तारित कर्जा ऋण सुविधामा १० ठूला वाणिज्य बैंकहरुको कर्जा पोर्टफोलियो रिभ्यु अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने सर्त राखेको थियो।

करिब ३९ करोड ८८ लाख डलरबराबरको विस्तारित सुविधा लिनका लागि आईएमएफले बैंकहरुको सम्पत्तिको गुणस्तर र कर्जा प्रवाहको स्थिति बाह्य लेखापरीक्षकमार्फत लेखापरीक्षण गर्नुपर्ने सर्त राखेको हो।

आईएमएफको उक्त सर्त कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले चैत ९ गते बोलपत्र आह्वान गरेको थियो। 

प्रकाशित : मंगलबार, वैशाख १८ २०८११४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend