शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एसियन लाइफ इन्स्योरेन्सले ल्यायो सावधिक जीवन बीमा योजना ‘बीमा श्री’

मंगलबार, वैशाख १८ २०८१
एसियन लाइफ इन्स्योरेन्सले ल्यायो सावधिक जीवन बीमा योजना ‘बीमा श्री’

कम्पनीका अनुसार यो बीमा योजनाअन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन्।

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ, सञ्चालक अच्युतराज सापकोटा, सञ्चालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँ, डेपुटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्तरुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन्।

कम्पनीका अनुसार यो बीमा योजनाअन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन्।

यो बीमा योजनामा न्यूनतम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमांक रोज्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ। 

बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पूरा भएपछि बीमांक रकम र बीमा अवधि पूरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमांक रकम भुक्तानी पाउनेछन्।

यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभ, स्थायी अपांग/असक्त सुविधा, बीमाशुल्क छुट सुविधा र एसियन क्रिटिकल केयरसमेत रोज्न सक्छन्। मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमा शुल्कमा बीमालेख खरिद गर्न सहज बनाउने कम्पनीले जनाएको छ।

यस कम्पनीले आव०८०/०८१ को चैत्र मसान्तसम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख, नवीकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको जनाइएको छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend