शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ओम मुक्तिनाथ पोलिक्लिनिकमा कामना सेवा विकास बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

सोमबार, वैशाख १७ २०८१
ओम मुक्तिनाथ पोलिक्लिनिकमा कामना सेवा विकास बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवासुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलमा रहेको ओम मुक्तिनाथ पोलिक्लिनिक प्राइभेट लिमिटेडसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवासुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त ओम मुक्तिनाथ पोलिक्लिनिकमा कामना सेवाका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ।


प्रकाशित : सोमबार, वैशाख १७ २०८११७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend