शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सिलाइ मेसिन प्रदान

सोमबार, वैशाख १७ २०८१
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सिलाइ मेसिन प्रदान

सहयोगबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने बैंकको विश्वास छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ।

बैंकले फातिमा फाउन्डेसनमा आबद्ध विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाइ मेसिन सहयोगस्वरुप वितरण गरेको हो। संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सिलाइ मेसिनहरु हस्तान्तरण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो पहलले महिलाहरूलाई आत्मनिर्भर बन्न र उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे। विपन्न समुदायका महिलाहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि उनले बताए।

बाँकेमा रहेको फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरी चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेसी र अन्य पिछडिएका वर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागि काम गर्दै आएको छ।

यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आयआर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने बैंकको विश्वास छ।

बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ।

सिटिजन्स बैंकले हाल देशभरमा रहेका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख १७ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend