मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

वाईवाईमार्फत आईपीओमा जाने घोषणा गरेसँगै ब्रान्ड बदनाम गराउन खोजियो : निर्वाण चौधरी

images
सोमबार, वैशाख १७ २०८१
images
images
वाईवाईमार्फत आईपीओमा जाने घोषणा गरेसँगै ब्रान्ड बदनाम गराउन खोजियो : निर्वाण चौधरी

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् भन्दै उनले लेखेका छन्, 'त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।'

images
images

काठमाडौं‌- चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाईवाईमार्फत सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरेर अघि बढेसँगै ब्रान्डको बदनामी गर्ने प्रयासहरू भइरहेको बताएका छन्। 

images
images

'अचम्मकै कुरा भन्नुपर्छ, वाई वाई विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ' सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्। 

images
images

'वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको छ र यो अझै विश्वका अन्य देशहरुमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौं, त्यसपछि वाई वाई ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन' उनले लेखेका छन्।

images
images

केहीअघि मात्र चौधरी समूहले लोकप्रिय वाईवाई चाउचाउ उत्पादन गर्ने आफ्नो कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने घोषणा गरेको थियो। चाउचाउको बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बनेको वाईवाईको उत्पादक कम्पनी सीजी फुड्सको प्राथमिक सेयर निष्कासन गरिने समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका थिए। 

चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका र त्यसमा वाई वाईलाई निशाना बनाइएको उनको दाबी छ। 'हामीले पटक पटक भनेका छौँ कि वाई वाई उच्च गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाई वाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।'

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् भन्दै उनले लेखेका छन्, 'त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।'

काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमनपछि परीक्षणबाट एक लटमा बजारमा गएको वाईवाईमा गुणस्तर कमजोर रहेको विषय आएसँगै यसमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यस्तोमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणले सामाजिक सञ्जालमार्फत नै आफ्नो कुरा राखेका हुन्। 

वाईवाईको आईपीओ ल्याउँदै चौधरी समूह वाईवाईको आईपीओ ल्याउँदै चौधरी समूह


प्रकाशित : सोमबार, वैशाख १७ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend