सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

वाईवाईको आईपीओ ल्याउँदै चौधरी समूह

images
मंगलबार, वैशाख ४ २०८१
images
images
वाईवाईको आईपीओ ल्याउँदै चौधरी समूह

नेपालभित्र मात्र लोकप्रिय चाउचाउ नभएर विदेशमा समेत निर्यात हुँदै आएको वाईवाईबाहेक यो कम्पनीले अन्य उत्पादन पनि गर्दै आएको छ।

images
images

काठमाडौं- नेपालको व्यावसायिक घराना चौधरी समूहले लोकप्रिय वाईवाई चाउचाउ उत्पादन गर्ने आफ्नो कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ। 

images
images

चाउचाउको बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बनेको वाईवाईको उत्पादक कम्पनी सीजी फुड्सको प्राथमिक सेयर निष्कासन गरिने समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन्। 

images
images

सबै प्रक्रिया पूरा गरेर अबको दुई वर्षभित्रै सेयर जारी गर्ने उनले बताएका छन्। 

images
images
images

नेपालभित्र मात्र लोकप्रिय चाउचाउ नभएर विदेशमा समेत निर्यात हुँदै आएको वाईवाईबाहेक यो कम्पनीले अन्य उत्पादन पनि गर्दै आएको छ। हल्का पेय, चिप्स लगायतका उत्पादन गर्छ। तर कम्पनीको दुई तिहाइभन्दा धेरै आम्दानी चाउचाउबाटै हुने गरेको छ। 

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ८ अर्ब रुपैयाँको कारोबार गरेको थियो। बर्सेनि उच्च लाभांश दिँदै आएको कम्पनीले नेपालमा सन् १९८४ मा उत्पादन सुरू गरेको थियो।

थाइ कम्पनीसँगको सहकार्यमा नेपालमा चाउचाउ उत्पादन सुरू गरेको कम्पनीले नेपालबाहिर पनि उत्पादन विस्तार गरेको छ। नेपालपछि भारतमा सबैभन्दा राम्रो बजार हिस्सा रहेको छ। त्यस्तै युरोप र अन्य एसियाली मुलुकमा पनि वाईवाईको उत्पादन हुँदै आएको छ। 


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend