बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी प्रवर्द्धन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियन चेम्बर अफ कमर्सबीच सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १६ २०८१
लगानी प्रवर्द्धन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियन चेम्बर अफ कमर्सबीच सम्झौता

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन्।

काठमाडौं- तेस्रो लगानी सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ। 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन्।

त्यसैगरी डेटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच पनि आइतबार लगानी सम्मेलनामा सम्झौता भएको छ।

डेटा सेन्टर स्थापनाका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो। बीएलसी ग्रुपकी प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौतामा हस्ताक्षर गरे।

नेपालमा तीन अर्ब रुपैयाँ लगानीमा डेटा सेन्टर स्थापना गर्न भारतीय कम्‍पनीसँग सम्झौता नेपालमा तीन अर्ब रुपैयाँ लगानीमा डेटा सेन्टर स्थापना गर्न भारतीय कम्‍पनीसँग सम्झौता


प्रकाशित : आइतबार, वैशाख १६ २०८११३:२५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend