बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा तीन अर्ब रुपैयाँ लगानीमा डेटा सेन्टर स्थापना गर्न भारतीय कम्‍पनीसँग सम्झौता

आइतबार, वैशाख १६ २०८१
नेपालमा तीन अर्ब रुपैयाँ लगानीमा डेटा सेन्टर स्थापना गर्न भारतीय कम्‍पनीसँग सम्झौता

सम्भौतामा योट्टा डाटा सर्भिसेस इन्डियाका सीईओ सुधिर गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन्।

काठमाडौं- भारतको हिरानन्दानी समूह र नेपालको बीएलसी होल्डिङ्‍सबीच तीन अर्ब रुपैयाँ लगानीमा नेपालमा डेटा सेन्टर बनाउने सम्झौता भएको छ।

नेपाली व्यवसायी बसन्त चौधरीको बीएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डेटा सेन्टरमा लगानी गर्नेगरी तेस्रो लगानी सम्मेलनमा आइतबार सम्झौता भएको हो। 

सम्झौतामा योट्टा डाटा सर्भिसेस इन्डियाका सीईओ सुधिर गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालमा विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि दुई पक्षबीच सम्झौता भएको हो।

हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा चौधरीको बीएलसी होल्डिङससँग मिलेर ३ अर्ब रुपैयाँमा डेटा सेन्टरमा लगानी गर्नेगरी नेपाल उद्योग परिसंघले समन्वय गरेको हो।


प्रकाशित : आइतबार, वैशाख १६ २०८११२:४०
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend