शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण

मंगलबार, वैशाख १८ २०८१
चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेपनि राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो। 

चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत हुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको छ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.३ प्रतिशत र दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो।

यसअघि विश्व बैंकले चालु आर्थिक वर्ष ३.३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र एसियाली विकास बैंकले ३.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको भएपनि राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण गरेको हो। 

विभिन्न विकास साझेदारहरुले गर्ने आर्थिक वृद्धिदरको प्रक्षेपणभन्दा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्ने तथ्यांकलाई आधिकारिक मानिन्छ। 


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend