शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सुर्खेतको बुलबुले तालमा एक करोड लगानीमा मोटरबोट

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १५ २०८१
images
सुर्खेतको बुलबुले तालमा एक करोड लगानीमा मोटरबोट

कम्पनीले छिट्टै लमजुङको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको छ।

images
images

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ। बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो। 

images
images
images

कम्पनीका अनुसार एक करोड रुपैयाँ लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो। सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ। 

images
images

'फोहोर र जलकुम्भीले ताल भरिएको थियो, तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो', बोटेबोरा कम्पनीका सञ्चालक बिबि ढकालले भने, 'हामीले आफ्ने लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गरेका हौँ।'

images
images

कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरे वापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए। 

तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ। 

कम्पनीले यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ। कम्पनीले छिट्टै लमजुङको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालले जानकारी दिए।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालमा पानीको सतह कम भएपछि केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याउने तयारी भइरहेको बताए। त्यसका लागि नगरपालिकाले चार इञ्चको एक सय ५० मिटर पाइप उपलब्ध गराउने विषयमा सहमति भइसकेको उनको भनाइ छ। 'अहिले ताल सरसफाइ चलिरहेकै छ, टिकट काउन्टर पनि बनाउनुपर्नेछ', उनले भने।  

कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चड्न दुई सय ५० रुपैयाँ तिर्नुपर्नेछ। उद्घाटन अवसरमा एक महिनाका लागि दुई सय रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा बुलबुले ताल चार पटक परिक्रमा गर्न पाइनेछ। रासस


प्रकाशित : शनिबार, वैशाख १५ २०८१११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend