शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनआईसी एसिया बैंकको सहायक कार्यकारी प्रमुख अधिकृतमा खनिया

शनिबार, वैशाख १५ २०८१
एनआईसी एसिया बैंकको सहायक कार्यकारी प्रमुख अधिकृतमा खनिया

काठमाडौं- एनआईसी एसिया बैंकको सहायक कार्यकारी प्रमुख अधिकृतको जिम्मेवारीमा अर्जुन राज खनियालाई ल्याइएको छ।सहायक महाप्रबन्धक पदमा कार्यरत खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जनाएको छ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम्  इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव रहेको छ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए।

तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भूमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा रहेका खनियालाई सहायक कार्यकारी प्रमुखमा बढुवा गरिएको बैंकले जनाएको छ।

खनियाले हाल बैंकको प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारीसमेत सम्हालिरहेका थिए। 


प्रकाशित : शनिबार, वैशाख १५ २०८११०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend