शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

शुक्रबार, वैशाख १४ २०८१
सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भइ मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्तरुपमा बीमा रकम हस्तान्तरण गरेका हुन्।

दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटौँडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए।

सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, १० हजार रूपैयाँसम्मको ओपीडी भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधि उपचार बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend