मंगलबार, वैशाख २५ गते २०८१    
images
images

धेरै रेमिट्यान्स ल्याउने बैंक र रेमिट कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो सम्मान

दुई भुक्तानी सेवाप्रदायक पनि सम्मानित

images
images
images
धेरै रेमिट्यान्स ल्याउने बैंक र रेमिट कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो सम्मान
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ६९औँ वार्षिकोत्सवको अवसरमा गतवर्ष सबैभन्दा धेरै रेमिट्यान्स ल्याउने बैंक र रेमिट कम्पनीलाई सम्मानित गरेको छ। 

images
images
images

राष्ट्र बैंकले २१.१ प्रतिशत रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक लिमिटेडसहित २०.६ प्रतिशत रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक र १९.१ प्रतिशत रेमिट्यान्स भित्र्याउने नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो।

images

यस्तै २७.५ प्रतिशत भित्र्याउने आईएमई लिमिटेड, १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याउने सिटी एक्सप्रेस र १२.१ रेमिटान्स भित्र्याउने ई-सेवा पनि सम्मानित भएका छन्। 

images

यस्तै राष्ट्र बैंकले भुक्तानी प्रणालीतर्फ काम गरिरहेका खल्ती प्राइभेट लिमिटेड र ई-सेवा प्राइभेट लिमिटेडलाई पनि सम्मानित गरेको छ। 

images
images

images

प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१०२:२३

प्रतिक्रिया दिनुहोस