शनिबार, साउन १२ गते २०८१    
images
images
images

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

images
बुधबार, वैशाख १२ २०८१
images
images
प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ।

images
images

जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि काम गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको सो संस्थालाई सिटिजन्स बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ।

images

विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्ध आश्रम सञ्चालन भइरहेको छ। आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धहरुको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी लागेको बताए। अशक्त असहाय वृद्धाहरुको सेवामा समर्पित आश्रमलाई सांकेतिकरुपमा सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि उनले बताए।

images

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख १२ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend