शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण

सोमबार, वैशाख १० २०८१
सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण

सिटिजन्स बैंकले देशभरका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट सेवा दिइरहेको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको धनगढीस्थित श्री शारदा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएका कारण ती विद्यार्थीहरुलाई सहजता होस् भन्ने हेतुले विद्यालय पोसाक प्रदान गरिएको बैंकले जनाएको छ।

विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप विद्यार्थीहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएका र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुसी महसुस भएको बताए।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख १० २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend