शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एकदिनको वृद्धिपछि पुन: राताम्य बन्यो सेयर बजार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १० २०८१
एकदिनको वृद्धिपछि पुन: राताम्य बन्यो सेयर बजार

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा हरियाली देखिए पनि दोस्रो कारोबार नै पुन: घटेको छ। गएको साता पनि सबै कारोबारमा ओरालो लाग्दै बजार ५३.५४ अंकले घटेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार १२.२९ अंकले बढेको बजार सोमबार भने घटेको छ। सोमबार १५.४१ अंकले घटेर बजार १९६९.०२ बिन्दुमा झरेको छ। ४९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको मात्र कारोबार भएको छ। १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले यो साता वृद्धितर्फको लय समात्न संकेत देखाए पनि लगानीकर्ता विश्वस्त देखिएका छैनन्। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, वैशाख १० २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend