शनिबार, साउन १२ गते २०८१    
images
images
images

एकदिनको वृद्धिपछि पुन: राताम्य बन्यो सेयर बजार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १० २०८१
images
images
एकदिनको वृद्धिपछि पुन: राताम्य बन्यो सेयर बजार
images

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा हरियाली देखिए पनि दोस्रो कारोबार नै पुन: घटेको छ। गएको साता पनि सबै कारोबारमा ओरालो लाग्दै बजार ५३.५४ अंकले घटेको थियो। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार १२.२९ अंकले बढेको बजार सोमबार भने घटेको छ। सोमबार १५.४१ अंकले घटेर बजार १९६९.०२ बिन्दुमा झरेको छ। ४९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको मात्र कारोबार भएको छ। १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले यो साता वृद्धितर्फको लय समात्न संकेत देखाए पनि लगानीकर्ता विश्वस्त देखिएका छैनन्। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।

images


प्रकाशित : सोमबार, वैशाख १० २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend